सानिमा रिलायन्स लाइफद्धारा अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न

१० फाल्गुन २०८०, बिहीबार १७:१५

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले पुष महिनाको स्किम अन्र्तगत चितवनमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा देशभरबाट करिब ८० जना अभिकर्ताहरुको सहभागिता रहेको थियो । अभिकर्ताको सीप विकास र आत्मनिर्भरता वृद्धि गर्न आवश्यक विभिन्न शीर्षकमा अन्तरक्रिया र तालिम प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेको समेत सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*