साताको अन्तिम कारोबार दिन यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

१० फाल्गुन २०८०, बिहीबार १५:२४

काठमाडौं । शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घट्दा साताको अन्तिम कारोबार दिन बिहीबार समाज लघुवित्त वित्तीय संस्थाले सर्वाधिक कमाएको छ । बिहीबार समाज लघुवित्तको अन्तिम शेयर मूल्य दुई हजार १२६.३० पुग्यो भने १० प्रतिशतको वृद्धि देखियो ।

यस्तै, जोशी हाइड्रोपावर डेभ्लपमेन्ट कम्पनी लिमिटेडको शेयर कारोबारमा ९.८९ प्रतिशतको वृद्धि हुनपुगेको छ । बिहीबार साम्लिङ पावर कम्पनी, बोटलर्स नेपाल लिमिटेड, ग्रामीण विकास लघुवित्त, गोर्खाज फाइनान्स, चिरख्वा हाइड्रोपावर, सीवाइसी नेपाल लघुवित्त र मोलुङ हाइड्रो पावरले सर्वाधिक कमाएका छन् ।

साताको अन्तिम कारोबार दिनमा लघुवित्त र हाइड्रो पावरको शेयर कारोबार चम्किएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*