बिहिबार हिमालयन रिइन्स्योरेन्ससहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

१० फाल्गुन २०८०, बिहीबार १५:११

काठमाडौँ । बजार निरन्तर ओरालो लागि रहेको छ । बजार घट्दा लगानीकर्ताको मनोबल थप कमजोर बन्दै गएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.७६ अकंले घटेर २००५.८३ बिन्दुमा बन्द भएको छ । आज ३ अर्ब २० करोड ६१ लाख ६७ हजार रुपैयाँको कारोबार भइरहेको छ ।

बिहिबार हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक सेयर खरिद बिक्री भइरहेको छ । कम्पनीको १४ करोड ८७ लाख ९७ हजार रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, सर्वाधिक कारोबार हुनेमा गोर्खास फाइनान्स, जोशि हाइड्रोपावरको ८ करोड ९३ लाख रुपैयाँ र एनआइसी एशिया बैंकको ६ करोड ४० लाख रुपैयाँको कारोबार भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*