लगातार पाँचौ दिन समेत बजारले लियो ओरालो यात्रा, परिसूचक खुम्चिदै, लगानीकर्ताको मनोबल कमजोर हो ?
काठमाडौँ । बजार लगातार चौथो दिन समेत राताम्य भएको छ । बजारले दिएको निरन्तर ओरालो यात्राले लगानीकर्ताको मनोबल कमजोर बनाएको हो ।
बजार घट्दै जाँदा आम लगानीकर्ताको मनोविज्ञान थप कमजोर हुने भएकाले धेरैले यस्तो बेला खरिदक्रम बढाउन सक्दैनन् । सोहि कारण बजार राताम्य भइरहेको छ । बजार मौद्रिक नीतिको अर्धवार्षिक समिक्षापछि बजारले ओरालो यात्रा तय गरेको हो । मौद्रिक समीक्षामा लगानीकर्ताको अपेक्षा धेरै रहेको र उक्त आशा पूरा हुन सक्दा तत्कालका लागि बजारले नकारात्मक प्रतिक्रिया जनाएको अनुमान गरिएको छ । यस्तै, अल्पकालीन कारोबारीले नाफा बुक गरेका र उनीहरु पुनः आक्रामकरुपमा बजार प्रवेश गरिनसक्दा पनि बजार केही प्रभावित भएको देखिन्छ ।
दोस्रो बजारमा ठुलो हिस्सा बोकेको बैैक तथा वित्तीय संस्था माथि फैलाएको हल्लाले समेत बजारलाई ओरालो लाग्दा तिर अग्रसर गरेको छ । यस्ता भ्रमले लगानीकर्ताको मनोबल खुम्चिदै गएको छ ।
पछिल्ला केहि महिना यता ब्याजदर ओरालो लागि रहेको छ । सेयर बजारको शत्रुको रुपमा रहेको ब्याजदर घट्दा समेत सेयर बजारमा सुधार आउन सकेको छैन । परिसूचक खुम्चिएको छ । साथै, कारोबार रकम समेत ओरालो लागि रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २०.७६ अकंले घटेर २००५.८३ बिन्दुमा बन्द भएको छ । आज ३०९ कम्पनीको ९५ लाख १८ हजार ७५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २० करोड ६१ लाख ६७ हजार रुपैयाँको कारोबार भइरहेको छ ।
बिहिबार ११ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.९६ प्रतिशत, विकास बैंक समूहको ०.८७ प्रतिशत, होटल तथा पर्यटन समूहको १.४८ प्रतिशतले सेयर मूल्य घटेको हो ।