भूगोल इनर्जीको नाफासँगै प्रतिसेयर आम्दानी समेत ऋणात्मक
१० फाल्गुन २०८०, बिहीबार १०:५९
काठमाडौँ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी १ करोड रुपैयाँ नोक्सानीमा रहेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय रिपोर्ट अनुसार कम्पनी १ करोड १४ लाख ५६ हजार रुपैयाँ नोक्सानीमा रहेको हो ।
गत आर्थिक वर्षको सोहि अवधिमा ३ करोड ९९ लाख ३५ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।
यता कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ११६.२१ प्रतिशतले बढेर ३ करोड ७१ लाख ४७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट हुने आम्दानी १ करोड ७१ लाख ८१ हजार रुपैयाँ गरेको थियो ।
चुक्ता पुँजी ५४ करोड ४० लाख ५३ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी २ रुपैयाँ ११ पैसा ऋणात्मक र प्रतिसेयर नेटवर्थ ६० रुपैयाँ १४ पैसा छ ।