मिड सोलु हाइड्रोपावरको ‘लक इन’ अवधि चैत्र १० गते सकिँदै
१० फाल्गुन २०८०, बिहीबार १०:३०
काठमाडौं । मिड सोलु हाइड्रोपावरको ‘लक इन’ अवधि चैत्र १० गते सकिने भएको छ । ‘लक इन’ अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।
कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरको १४ लाख ९६ हजार ८ सय कित्ता शेयर सर्वसाधारणलाई छुट्याएको थियो । सो शेयरको पाँच प्रतिशतले हुन आउने ३७ हजार ४२० कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको हो ।
यसरी बाँडफाँड गरिएको शेयर ६ महिना अवधिसम्म ‘लक इन’ मा राखिएको थियो जसको अवधि अब सकिन लागेको हो । कम्पनीको शेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।