सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र स्वरोजगार लघुवित्तको लाभांश सुनिश्चित गर्ने आज अन्तिम दिन

१० फाल्गुन २०८०, बिहीबार ०७:३०

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी र स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुनिश्चित गर्ने आज (फागुन १० गते) अन्तिम दिन रहेको छ । सभा प्रयोजनार्थ सिद्धार्थ प्रिमियर र स्वरोजगार लघुवित्तले क्रमशः फागुन ११ र १३ गते बुक क्लोज गर्दैछन् । भोली र पर्सी कारोबार नहुने भएकाले यसमा आजसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन योग्य हुनेछन् ।

सिद्धार्थ प्रिमियरले गत वर्षको नाफाबाट शेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । घोषित लाभांश पारित गर्न कम्पनीले फागुन ३० गते लिसारा रिसेप्सन, भगवती बाहाल काठमाडौंमा बिहान ११ बजेदेखि सभा आह्वान गरेको छ ।

यता, स्वरोजगार लघुवित्तले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस शेयर र ०.३६८ प्रतिशत नगद (कर प्रयोजनार्थ) लाभांश वितरण गर्ने प्रस्ताव राखेको छ । कम्पनीले प्रस्तावित लाभांश पारित गर्न फागुन २६ गते नेपाल हाउस हात्तीसार, काठमाडौंमा बिहान साढे ११ बजेदेखि सभा डाकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*