यस्तो छ मेरो माइक्रोफाइनान्सको ११औं वार्षिक साधारण सभाको ‘माइन्यूट’
९ फाल्गुन २०८०, बुधबार १८:३०
काठमाडौँ । मेरो माइक्रोफाइनान्सको ११ औं वार्षिक साधारण सभा माघ २६ गते सम्पन्न भएको छ ।
सभामा हाल कम्पनीमा संस्थापक समूहको ६९.४० प्रतिशत र सर्वसाधारण समूहको ३०.४० प्रतिशत हिस्सा कायम रहेको छ । यसलाई अब परिवर्तन गरेर संस्थापक समूहकको ५९.४० प्रतिशत र सर्वसाधारण समूहको ४०.४० प्रतिशत कायम बनाउने एजेन्डा पारित गरेको छ ।
साथै, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेत पारित गरेको हो ।
1708512153023
म 2500000 लगानी गर्न इच्छुक कृपया प्राकृया जानकारी गराईदिनु हजुर।