अब समानुपातिक सांसदहरुको पद के होला ?, सर्वोच्चमा प्रारम्भ भयो सुनुवाई, हेर्दा हेर्दैमा राख्दै टुंगो लगाउने आदेश

९ फाल्गुन २०८०, बुधबार १८:२७

काठमाडौं । विभिन्न दलबाट समानुपातिक सांसद बनेकाहरुको योग्यतामाथि प्रश्न उठाई दर्ता भएको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ प्रारम्भ भएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितको इजलासले बुधबारबाट सुनुवाइ थालेको हो । संवैधानिक इजलासले यसलाई निरन्तर सुनुवाइ गर्ने जनाउ दिएको छ । समानुपातिक सांसदको योग्यतामाथि प्रश्न उठाइएको रिट निवेदनमा बुधबार सर्वोच्च अदालतले पूर्ण सुनुवाइ थालेको र हेर्दा हेर्दैमा राखेर टुंग्याउने प्रक्रियामा गएको सर्वोच्चको रजिष्ट्रार सचिवालयले जनाएको छ ।

प्रधानन्यायाधीश श्रेष्ठ सहित न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, प्रकाश कुमार ढुंगाना र सुष्मालता माथेमाको संवैधानिक इजलासमा सुनुवाई हेर्दा हेर्दैमा राखिएको छ ।

सीमान्तकृत, पीछडिएका र राज्यको मूल प्रवाहमा नरहेकाहरुलाई समानुपातिक सूचीमा राख्नुपर्नेमा सबैजसो दलहरुले प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न डराएका, यसअघि नै राजनीतिको मूल प्रवाहमा रहेकाहरुलाई समानूपातिक सांसद बनाएको भन्दै प्रश्न उठेको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेलगायतले दायर गरेको रिट निवेदनको पूर्ण सुनुवाइ थालनीसँगै संवैधानिक इजलासले मुद्दा हेर्दाहेर्दैमा राख्न आदेश दिएको छ । अर्को छलफलको पेशी भने आदेशमा तोकिएको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*