बजार लगातार चौथो दिन समेत ओरालो, मार्केटको शत्रु ब्याजदर घट्दा समेत कारोबार र परिसूचक खुम्चिदै

९ फाल्गुन २०८०, बुधबार १५:०५

काठमाडौँ । लगातार चौथो दिन समेत सेयर बजार ओरालो लागेको छ । बजारले लिएको ओरालो बाटोले लगानीकर्तामा निराश छाएको छ । मार्केट ओरालो लाग्दा परिसूचक र कारोबार समेत खुम्चिदैं गएको छ ।

बजार मौद्रिक नीतिको अर्धवार्षिक समिक्षापछि बजारले ओरालो यात्रा तय गरेको हो । मौद्रिक समीक्षामा लगानीकर्ताको अपेक्षा धेरै रहेको र उक्त आशा पूरा हुन सक्दा तत्कालका लागि बजारले नकारात्मक प्रतिक्रिया जनाएको अनुमान गरिएको छ । यस्तै, अल्पकालीन कारोबारीले नाफा बुक गरेका र उनीहरु पुनः आक्रामकरुपमा बजार प्रवेश गरिनसक्दा पनि बजार केही प्रभावित भएको देखिन्छ ।

ब्याजदर घट्दो क्रममा रहेको भएपनि बजारले गति लिन सकेको छैन । लागनीकर्ताले सकारात्मक मनोबल बनाउन नक्सदा बजार खुम्चि रहेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.८३ अकंले घटेर २०२५.२२ बिन्दुमा बन्द भएको छ । बुधबार ३१३ कम्पनीको ६३ लाख ४१ हजार १७४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब २४ करोड १९ लाख ६१ हजार रुपैयाँको कारोबार भएको छ ।

आज १२ उपसूचक राताम्य भएका छन् । बैंकिङ समूहको ०.२७ प्रतिशत, विकास बैंक समूहको ०.६१ प्रतिशत र फाइनान्स समूहको ०.२५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*