नारायणी डेभलपमेन्ट बैंकद्धारा हकप्रद वापतको रकम जम्मा गर्न आधारभूत सेयरधनीहरूलाई आग्रह

९ फाल्गुन २०८०, बुधबार १३:२२

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आधारभूत शेयरधनीहरूलाई हकप्रद सेयर वापतको रकम जम्मा गर्न भनेको छ । नेपाल धितोपत्र बोर्डबाट कम्पनीले पुस २२ गते शतप्रतिशत हकप्रद शेयर विक्री गर्न अनुमति पाएको छ ।

कम्पनीले प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यमा २६ करोड २४ लाख ६७ हजार ६०० रूपैयाँ बराबरको २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर विक्री गर्न बोर्डबाट अनुमति पाएको हो । हकप्रद शेयर निष्कासनका लागि सार्वजनिक सूचना जारी गर्न बाँकी रहेको कम्पनीले आधारभूत शेयरधनीहरूबाट हकप्रद शेयर वापतको रकम संकलन गर्न लागेको हो ।

हकप्रद शेयर वापतको रकम प्रभु बैंक रत्ननगर , टाँडी शाखामा कम्पनीको नाममा रहेको खाता नम्बर ०२१००२०८६४२०००११ मा जम्मा गर्न कम्पनीले आग्रह गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*