चालु आर्थिक वर्षको ७ महिनामा आयात र निर्यात दुबै ओरालो, ब्यापार घाटा ८ खर्ब ११ अर्ब माथि
काठमाडौँ । अर्थतन्त्रमा अझै पनि आन्तरिक माग नबढ्दा आयात निर्यात दुबैं ओरालो लागेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ अनुसार चालु आर्थिक वर्षको ७ महिनामा आयात २.३१ प्रतिशत र निर्यात७.०७ प्रतिशतले घटेको हो ।
माघ मसान्तसम्म अवधिमा ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख रुपैयाँको वस्तु आयात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १ खर्ब ८१ खर्ब ७१ करोडड ९ लाख रुपैयाँले कमी हो । गत आर्थिक वर्षको सोहि अवधिमा आयात ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपालबाट ८६ अर्ब ८३ करोड ९ लाख रुपैयाँको निर्यात भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ७.०७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट ९३ अर्ब ४३ करोड २३ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो ।
अवधिमा नेपालको वैदेशिक व्यापार ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख रुपैयाँ बराबरको भएको छ । जुन गत आर्थिक वर्षको तुलनामा २.७५ प्रतिशतले कम हो । गत वर्षको यही अवधिमा १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।
विभाग विभागका अनुसार यस अवधिमा नेपालको व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख रुपैयाँ बराबर रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १.७७ प्रतिशत कम हो । गत वर्षको सोही अवधिमा ८ खर्ब २५ अर्ब ७३ करोड ३० लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो ।