लघुवित्तको खराब कर्जा चुलिदै, अन्य कुन सूचकमा को अब्बल ?
७ फाल्गुन २०८०, सोमबार १७:५५
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनासम्म आउँदा २१ वटा लघुवित्त वित्तीय संस्था ऋणात्मक रहेका छन्। राष्ट्र बैंकले सार्वजनिक गरेको लघुवित्त वित्तीय संस्थाहरुको अर्धवार्षिक वित्तीय अवस्थामा यस्तो देखाएको हो ।
चालु आवको पुष मसान्तसम्ममा ५७ वटा लघुवित्तको नाफा ९० करोड ७३ लाख रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । लघुवित्तहरुको खराब कर्जा ६.८५ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षको ६ महिनासम्म सञ्चालनमा रहेको ६५ लघुवित्तको खराब कर्जा औसत ६.५८ प्रतिशत पुगेको हो ।
यसैगरी, यस अवधिमा यी लघुवित्त कम्पनीको लगानी प्रतिफल क्षमता २.८३ प्रतिशत मात्र रहेको छ ।
Key-Financial-Indicators-of-Microfinance-Institutions-as-on-2080-Poush-Mid-Jan-2024