सहकारीलाई पुँजीपतिहरुले धन्दाको रुपमा चलाए, कम्पनी सुरु नहुँदै टाट पल्टिएः एमाले अध्यक्ष ओलि
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुँजीपतिहरुले सहकारीमा हात हालेपछि समस्या आएको बताएका छन् । सोमबार एक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
ओलिले सहकारीलाई पुँजीपतिहरुले धन्दाको रुपमा चलाएको बताएका छन् । उनले भने, गरिब जनताको आर्थिक पक्षलाई उकास्ने विचार र संगठनहरु सहकारीको पक्षमा हुनुपर्ने पुँजीपतिहरुको हाबी भएको छ । सहकारी खोलेर पहिला आफूलाई गाडी किन्ने, घर बनाउन थाल्ने लगायतका काम गर्दा सहकारी सुरु हुँदै टाट पल्टिन सुरु भइसकेको छ ।
लगानी, सञ्चालन खर्चलगायतका विषयमा सहकारी सञ्चालकहरुले पूर्वतयारी गर्नुपर्ने उनको तर्क थियो ।सहकारीलाई सहकारी नबनाएर नाफा कमाउने शोषणकारी बनाइएको उनको टिप्पणी छ ।
स–सानो पुँजीको संकलन र त्यसको परिचालन अत्यन्त अनुशासित र नियमसँगत हुनुपर्ने उनले बताए