६० लाख सदस्य रहेको लघुवित्त संस्थाहरुमा कतिले पाएका छन् रोजगारी ?

७ फाल्गुन २०८०, सोमबार १३:५४

काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरुको संख्या मर्जर तथा एक्विजिसनका कारण घट्दो क्रममा रहेको देखिएको छ । गत वर्ष पुस मसान्तसम्ममा ६४ वटा लघुवित्त वित्तीय संस्थाहरु रहेकोमा यस वर्ष सोहि अवधिसम्ममा ५७ वटा कायम भएको हो ।

५७ वटा लघुवित्त वित्तीय संस्थाहरुमध्ये ३ वटा थोक कर्जा प्रदायक संस्था रहेका छन् भने बाँकी ५४ वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्थाहरु रहेका छन् ।

लघुवित्त वित्तीय संस्थाहरुको शाखा विस्तार पछिल्लो समयमा सुस्त गतिमा रहेको देखिन्छ । अघिल्लो आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्त वित्तीय संस्थाहरुको शाखा संख्या ०.३४ प्रतिशतले वृद्वि भएकोमा यस आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा भने ०.०६ प्रतिशतले वृद्वि भएको छ । हालदेशभर लघवित्तका ५ हजार ७६ शाखा रहेका छन् ।

समिक्षा अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको सदस्य संख्या ०.२२ प्रतिशतले घटेर ६० लाख ३ हजार पुगेको छ भने राष्ट्र बैंकको निर्देशन बमोजिम एक संस्था एक ऋणीको व्यवस्था भएसँगै ऋणीको संख्या ८.३३ प्रतिशतले घटेर २७ लाख ३६ हजार पुगेको छ

यता, कर्मचारीको संख्या भने घट्दो क्रममा रेको छ । गत वर्ष पुष मसान्तसम्ममा २३ हजार ३३३ जना कर्मचारी रहको लघुवित्तमा यस वर्षको सोहि अवधिमा घटेर २१ हजार ९६३ जना रहेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*