लघुवित्त संस्थाबाट ४ खर्ब ३९ अर्ब कर्जा प्रवाह, कुन क्षेत्रमा कति ?
७ फाल्गुन २०८०, सोमबार ११:४७
काठमाडौँ । पुस मसान्तसम्ममा क्षेत्रगत कर्जा प्रवाहतर्फ लघुवित्त वित्तीय संस्थाहरुबाट कृषि क्षेत्रतर्फ कर्जा प्रवाहको हिस्सामा सामान्य वृद्वि भएको छ । संस्थाहरुले पुष मसान्तसम्ममा ४ खर्ब ३९ अर्ब ६१ करोड ३१ लाख रुपैयाँ कर्जा तथा सापटी दिएका छन् ।
लघुवित्त वित्तीय संस्थाहरुले पुस मसान्तमा प्रवाह गरेको कुल कर्जाको ४८.९२ प्रतिशत कृषि क्षेत्रमा प्रवाह भएको देखिएको छ । २०८० असार मसान्तमा कृषि क्षेत्रमा ४८.३२ प्रतिशत कर्जा प्रवाह भएको थियो । आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रयमाससम्ममा लघुवित्त वित्तीय संस्थाहरुले प्रवाह गरेको कुल कर्जा मध्ये घरेलु तथा लघु उद्योग क्षेत्रमा ४.४२ प्रतिशत र सेवा व्यवसाय क्षेत्रमा २५.९१ प्रतिशत कर्जा प्रवाह भएको देखिन्छ ।