धौलागिरी लघुवित्तमा रोजगारको अवसर, एसएलसी उत्तीर्णले आवेदन दिन पाउने
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो ।
कम्पनीले कनिष्ठ सहायक पदको सहायक श्रेणीमा केही संख्यामा कर्मचारी माग गरेको छ । यसका लागि प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी लघुवित्त क्षेत्रमा कम्तीमा १ वर्ष काम गरेको तथा एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरी दुई वर्षको कार्यानुभव भएको हुनुपर्नेछ ।
त्यस्तै, प्रशिक्षार्थी पदको सहायक श्रेणीमा केही संख्यामा कर्मचारी माग गरिएको छ । यसका लागि एसएलसी वा सो सरहेका परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ ।
कम्प्युटरसम्बन्धी ज्ञान भएको र दुईपाङ्ग्रे साधनको लाईसेन्स भएको व्यक्तिलाई विशेष प्राथमिकता दिईनेछ । उमेरको हदमा भने १८ वर्ष पुरा भई ३५ ननाघेको र महिलाको हकमा माथिल्लो उमेरमा ५ वर्ष थप हुनेछ ।
योग्यता पुगेका इच्छुक व्यक्तिले फागुन १८ गतेसम्म आवश्यक कागजातसहित तोकिएको स्थान वा माध्यमबाट आवेदन दिन सक्नेछन् ।
Job