२५० कम्पनीको सेयर मूल्य घट्यो
६ फाल्गुन २०८०, आईतवार १५:१४
काठमाडौँ । आज २५० कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । साताको पहिलो दिन बजार राताम्य हुँदा अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.२१ अकंले घटेर २०३४.८२ बिन्दुमा बन्द भएको छ । आज ३ अर्ब ७७ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ ।
आइतबार एनआइसी एशिया फलेक्स क्याप, एनएमबि शुलभ इन्भेष्टमेन्ट र नेपाल लाइफको सेयर सर्वाधिक घटेको हो ।