सेयर बजारमा गिरावट, लगानीकर्ताको मनोबल कमजोर हुँदा कारोबार समेत खुम्चिदैं, परिसूचक समेत ओरालो

६ फाल्गुन २०८०, आईतवार १५:०३

काठमाडौँ । साताको पहिलो पहिलो कारोबारको दिन सेयर बजार राताम्य भएको छ । बजार मौद्रिक नीतिको अर्धवार्षिक समिक्षापछि बजारले ओरालो यात्रा तय गरेको हो । बजारमा आएको गिरावटले लगानीकर्ता निराश बनाएको छ ।

मौद्रिक समीक्षामा लगानीकर्ताको अपेक्षा धेरै रहेको र उक्त आशा पूरा हुन सक्दा तत्कालका लागि बजारले नकारात्मक प्रतिक्रिया जनाएको अनुमान गरिएको छ । यस्तै, अल्पकालीन कारोबारीले नाफा बुक गरेका र उनीहरु पुनः आक्रामकरुपमा बजार प्रवेश गरिनसक्दा पनि बजार केही प्रभावित भएको देखिन्छ ।

बजार घट्नुको मुख्य कारण नै लगानीकर्ताको मनोबल कमजो हुनु हो । ब्याजदर घट्दो क्रममा रहेको भएपनि बजारले गति लिन सकेको छैन ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.२१ अकंले घटेर २०३४.८२ बिन्दुमा बन्द भएको छ । आज ३१५ कम्पनीको १ करोड ७ लाख ७२ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७७ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ ।

आइतबार १३ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ्क समूहको ०.६५ प्रतिशत, विकास बैंक समूहको १.७० प्रतिशतले सेयर मूल्य घटेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*