शिखर इन्स्योरेन्सले लाभांश नदिने निर्णय
६ फाल्गुन २०८०, आईतवार १०:१५
काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनी गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीको शुक्रबाट (फागुन ४ गते) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । गत वर्ष भने कम्पनीले १६.८४ प्रतिशत लाभांश वितरण गरेको थियो ।