नेशनल लाइफ इटहरी शाखाको अभिकर्ता सम्मान तथा तालिम कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इटहरी शाखा कार्यालयले फागुन ५ गते शनिबार दुर्गा पार्टी प्यालेसमा अभिकर्ता सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
यस कार्यक्रममा शाखामा कार्यरतमध्ये तीन सय जना भन्दा बढी सकृय अभिकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा पदक योजना एचिभर, महिनामा उत्कृष्ट र वर्षमा उत्कृष्ट गरी ४२ जना अभिकर्तालाई सम्मान गरिएको कम्पनीले बताएको छ ।
कार्यक्रममा कम्पनीका कोशी प्रदेश प्रमुख नरेन्द्र राईले अभिकर्ताले सफलता पाउन अपनाउनु पर्ने व्यवहार, गर्नु पर्ने काम र कम्पनीले दिने अभिकर्ता सेवा सु्विधाबारे प्रकाश पारे ।
त्यसैगरी कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी प्रमुख स्मृति कडेलद्वारा अभिकर्ता क्षमता अभिबृद्धि र उत्प्रेरणा तालिम प्रदान गरिएको इटहरी शाखा प्रमुख भोजमान श्रेष्ठले जानकारी दिएका छन् ।
धन्यवाद बिमा पोष्ट