महुली लघुवित्तको २५ सय कित्ता संस्थापक शेयर बिक्रीमा
४ फाल्गुन २०८०, शुक्रबार ११:४६
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनी दुर्गा नन्द चौधरीको नाममा रहेको २५ सय कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
यस शेयरमा सर्वसाधारण तथा संस्थाले खरिदका लागि आवेदन दिन पाउनेछन् ।
शेयर खरिद गर्न इच्छुकले सूचना प्रकाशित मिति (फागुन ४ गते) ले ७ दिनभित्र आवश्यक कागजातसहित संस्थाको कम्पनी सचिवको कार्यालय अग्नीसाइर कृष्णासवरण–६, महुली सप्तरीमा आफूले खरिद गर्न चोहेको शेयर कित्ताको व्यहोरा खुलाई आवेदन दिनुपर्नेछ ।
बिक्रीमा राखिएको सो शेयरको मुल्य बिक्रेताले तोकेबमोजिम हुने कम्पनीले जनाएको छ ।