आइजीआई प्रुडेन्सियलको साढे ७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

४ फाल्गुन २०८०, शुक्रबार १०:४८

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले शेयरधनीको नाममा रहेको ७ लाख ६६ हजार ५९३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

यस शेयरमा कम्पनीका हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

शेयर खरिद गर्न इच्छुक शेयरधनीले सूचना प्रकाशित मिति (फागुन ३ गते) ले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा खरिद गर्न चाहेको कित्ताको विवरण खुलाई निवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र हाल कायम शेयरधनीको खरिद आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्न प्रकिया अघि बढाइने कम्पनीले बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*