प्रधानमन्त्री र मेरो सम्बन्धमा कुनै समस्या छैनः अर्थमन्त्री डा. महत

४ फाल्गुन २०८०, शुक्रबार १०:३६

काठमाडौं । केही समयदेखि प्रधानमन्त्री प्रचण्डसँग नाम जोडेर सम्बन्ध बिग्रिएको भन्दै चर्चा भइरहेको सन्दर्भमा अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रमसँग सहज सम्बन्ध भएको स्पष्ट पारेका छन् । अर्थ मन्त्रालयमा आज विहान पत्रकार सम्मेलन गरेर अर्थमन्त्री डा. महतले प्रधानमन्त्री प्रचण्डसँगको सम्बन्धमा कुनै समस्या नरहेको र नियमित छलफल र संवाद भइरहेको स्पष्ट पारेका छन् ।

अर्थ मन्त्री डा. महतले पत्रकार सम्मेलनमा भने, प्रधानमन्त्रीसँग कुनै सल्लाह नगरी बजेट नै संशोधन गरिएको भन्दै अवाफ फैलियो, त्यसमा ध्यानाकर्षण भएको छ, बजेट संशोधन गरिएको होइन । प्रधानमन्त्रीसँग सुमधुर सम्बन्ध रहेको छ । नियमित छलफल भइरहेको छ ।

अर्थमन्त्री डा. महतले बजेट संशोधन नगरिएको नभई अर्थमन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी व्यवस्था अनुसार माघ मसान्तभित्र छ महिने कार्य प्रगति प्रतिवेदन सार्वजनिक गरिएको बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*