नेप्सेको वर्गिकरणमा अधिकांश बीमा कम्पनी ‘जी’ र ‘जेड’ मा, नेपाल इन्स्योरेन्स मात्र समूह ‘ए’

३ फाल्गुन २०८०, बिहीबार १५:५३

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत कम्पनीहरुको वर्गिकरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार ए मा ३१ वटा, बी मा ३५ वटा, जी मा ७० वटा र जेडमा १३५ वटा कम्पनी परेका छन् ।

बीमा कम्पनीहरुमा नेपाल इन्स्योरेन्स मात्र वर्गिकरणको ‘ए’ मा परेको छ । अधिकांश बीमा कम्पनी जी र जेडमा परेका छन् ।

समूह ‘जी’मा आइएमई लाइफ, रिलायबल नेपाल लाइफ, सन नेपाल लाइफ र सिटिजन लाइफ रहेका छन् । अन्य बीमा कम्पनीहरु वर्गिकरणको ‘जेड’ मा परेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*