मैलुङ खोला जलविद्युतको शेयरमा चर्काे गिरावट, यी हुन आज घटेका कम्पनी
३ फाल्गुन २०८०, बिहीबार १५:१३
काठमाडौं । बिहीबार नेप्से परिसूचक १४ अंकले घटेसँगै १६३ सूचीकृत कम्पनीहरुको शेयरमूल्य राताम्य भएको छ । आज मैलुङ खोला जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ५.७० प्रतिशतले घटेको हो ।
त्यसैगरी, आजको दिनमा प्रोग्रेसिभ फाइनान्स, महुली लघुवित्त, रिभर फल्स पावर, हिमालयन पावर पार्टनर, पिपुल्स पावर लिमिटेड, दोर्दी खोला जलविद्युत कम्पनी, समृद्धि फाइनान्स, नेपाल हाइड्रो डेभलपर्स र श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयरमूल्य सर्वाधिक घटेको छ ।