कपिलबस्तुमा भएको दुर्घटनामा मन्त्री राणाको ध्यानाकर्षण, विभिन्न निकायलाई डाके छलफलमा

३ फाल्गुन २०८०, बिहीबार १२:१८

काठमाडौँ । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री रोज राणले कपिलबस्तुमा भएको बस दुर्घटनामा ज्यान गुमाएको प्रति दुःख ब्यक्त गरेका छन् । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सु प–०२–००१ ख ००९८ नम्बर बस कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरहीमा दुर्घटनामा परेको थियो ।

बुधबार मध्यराति भएको दुर्घटना भई १० जनाको निधन र ३० जना घाइते भएका छन् । मन्त्री राणाले समाजिक सञ्जाल मार्फत घाइतेको उपचारका लागि लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता ब्यक्ति गरेका गरे ।

साथै लुम्बिनीका विभिन्न स्थानमा भएका सडक दुर्घटनाप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको उनले बताए । दुर्घटना रोकथाम र न्यूनीकरणका लागि लुम्बिनी प्रदेशका प्रहरी प्रमुख, लुम्बिनी प्रदेश ट्राफिक प्रमुख, १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, यातायात व्यवसायी र यातायात सम्बद्ध मजदुर संघ÷संस्थाको संयुक्त बैठक फागुन १४ गतेका लागि आह्वान गरिएको गरेका छन् ।

संयुक्त बैठकपछि दुर्घटनाप्रति लुम्बिनी प्रदेश सरकार उद्योग तथा यातायात व्यवस्थामन्त्रालयको तर्फबाट दुर्घटना न्यूनीकरणका लागि विशेष निर्णय लिइने मन्त्री राणाले बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*