रिलायबल नेपाल लाइफमा तीन जना नयाँ संचालक चयन
२ फाल्गुन २०८०, बुधबार १८:२६
काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले तीन जना संचालक नियुक्त गरेको छ । कम्पनीको माघ २९ गते सम्पन्न सातौ वार्षिक साधारण सभाले डा. भिष्म कार्की र दिवेश लोहनीलाई सर्वसम्पत चयन गरेको हो ।
दुबै जना संचालक सर्वसाधारण सेयरधनीहर समूहको प्रतिनिधित्व गर्नेछन् । सोहि दिन बसेको संचालक समितिको बैठकले रित्त रहेको संस्थापक सेयरधनीबाट संचालक समितिमा आगामि साधारण सभा अनुमोदन गर्ने गरी बाँकी अवधिको लागि प्रा.डा. प्रकाश भट्टराईलाई नियुक्त गरेको हो ।