१० बीमा कम्पनीको शेयरमूल्य बढ्दा १४ को घट्यो, कुनको मूल्य कति?

२ फाल्गुन २०८०, बुधबार १७:४०

काठमाडौं । बुधबार नेप्सेमा सामान्य सुधार देखिएको छ । बुधबार तीव्र उतारचढावका बावजुद १० बीमा कम्पनीको शेयरभाउ उकालो लाग्दा १४ कम्पनीको शेयरभाउ ओरालो झरेको हो ।

जीवन बीमा
आज जीवन बीमा परिसूचक ०.२७ प्रतिशतले ओरालो झरेको छ । कारोबारमा आएका जम्मा १२ सूचीकृत जीवन बीमा कम्पनीमध्ये ८ कम्पनीको शेयरमूल्य राताम्य हुँदा ४ कम्पनीको मात्र शेयरमूल्यमा हरियाली छाएको छ ।

आज ८ जीवन बीमा कम्पनीहरुको शेयरभाउ पाँच सय रुपैयाँभन्दा अधिक रहेको छ । जसमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) को सर्वाधिक १३७०, एशियन लाइफको ६७५ र नेपाल लाइफको ६१८ रुपैयाँ रहेको छ ।

निर्जीवन बीमा
आज निर्जीवन बीमा परिसूचक ०.४० प्रतिशतले उचालिएको छ । कारोबारमा आएका १२ सूचीकृत निर्जीवन बीमा कम्पनीमध्ये ६ कम्पनीको शेयरमूल्य बढ्दा ६ वटै कम्पनीहरुको शेयरमूल्यमा रातो पोतिएको छ ।

आज ७ निर्जीवन बीमा कम्पनीको शेयरमूल्य ७ सय रुपैयाँभन्दा अधिक रहेको छ । जसमा राष्ट्रिय बीमा कम्पनीको १४००३.४०, नेपाल इन्स्योरेन्सको ९०८, नेको इन्स्योरेन्सको ८२० र प्रभु इन्स्योरेन्सको ८०० रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*