रवि र जीबीविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले थाल्यो छानविन, छवि बचे

२ फाल्गुन २०८०, बुधबार १७:३३

काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र ग्लोक्सी फोरके टेलिभिजनका सञ्चालक तथा सहकारीका सञ्चालक समिति सदस्य जीबी (गितेन्द्रबाबु) राईमाथि सम्पत्ति शुद्धीकरण विभागले छानविन सुरु गरेको छ ।

विभागले उनीहरुको सम्पत्तिमाथि छानबिन सुरु भएको भन्दै विभिन्न बैंकलाई चिठी लेखेर कारोबारको विवरण उपलब्ध गराउन भनेको छ । वभागले रवि-जीबीको नाम उल्लेख गर्दै माघ ८ गते उिनीहरुका बैंकिङ विवरणहरु उपलब्ध गराउन अनुरोध गर्दै पत्राचार गरेको थियो । प्रारम्भिक जाँचबुझ अधिकृत भनेर हस्ताक्ष गरिएको पत्र विभिन्न बैंकहरुलाई पठाइएको छ ।

नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, एसबीआई बैंक, एभरेष्ट बैंकको प्रधान कार्यालयलाई पत्राचार गर्दै उनीहरुको अहिलेसम्मको बैंकिङ कारोबारको विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ ।

यस्तै, एनआईसी एसिया, कुमारी, लक्ष्मी सनराइज, सिद्धार्थ, कृषि विकास बैंक, ग्लोबल, सिटिजन्स, प्राइम, प्रभु, सानिमा र माछापुच्छ्रे बैंकका मुख्य कार्यालयहरुलाई पत्राचार गर्दै उनीहरुको अहिलेसम्मको बैंकिङ कारोबारको विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ ।

रवि जीबीले नै सञ्चालनमा ल्याएको ग्यालेक्सी फोरके टेलिभिजनको प्रबन्ध निर्देशकको भूमिकामा थिए । पछिल्लो समयमा रविविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा समेत सहकारी ठगीको विषयमा उजुरी परेको छ । सहकारी ठगी सम्बन्धी थप फाइल खोज्ने क्रममा ग्यालेक्सी टेलिभिजनका व्यवसायिक साझेदार नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको शंखमूलस्थित घरमा प्रहरीले हालै छापा मारेको थियो । यो छानविनमा पूर्वडीआईजी छवि भने छुटेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*