बजार बढ्दा यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक
२ फाल्गुन २०८०, बुधबार १५:१४
काठमाडौं । बुधबार नेप्से सामान्य अंकले बढेको छ । बजार बढेतापनि आज नेप्सेमा सूचीकृत १११ कम्पनीहरुको शेयरमुल्य घटेको हो । यस दिन एनआईसी एशिया ब्यालेन्स्ड फण्डको सर्वाधिक ५.७६ प्रतिशतले घटेको हो ।
त्यसैगरी आज, दोर्दी खोला जल विद्युत कम्पनी, पिपुल्स पावर, कुथेली बुखरी स्मल हाइड्रोपावर, गुराँस लघुवित्त, रिडी पावर, त्रिशुली जल विद्युत, एनआईसी एशिया ग्रोथ फण्ड–२, स्वाभिमान लघुवित्त र सिंगटी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक घटेको हो ।