पाँच कम्पनीको शेयरमा सर्किट, यी हुन आज बढेका कम्पनी
२ फाल्गुन २०८०, बुधबार १५:०४
काठमाडौं । बुधबार नेप्सेमा सूचीकृत १३२ कम्पनीहरुको शेयरमूल्य बढेको छ । आज नेपाल फाइनान्स, बोटलर्स नेपाल (बालाजु), पाँचथर पावर, समाज लघुवित्त र जोशी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ ।
त्यसैगरी, यस दिन श्री इन्भेष्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स कम्पनी, बेष्ट फाइनान्स कम्पनी, सेन्ट्रल फाइनान्स कम्पनी र नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्य सर्वाधिक बढेको छ । यी कम्पनीहरुको आज शेयरमूल्य क्रमशः ८.७६, ८.५५, ८.३९, ८.१० र ८.०५ प्रतिशतले बढेको छ ।