सिद्धार्थ प्रिमियरले फागुन ३० गते बोलायो साधारण सभा, के–के छन् एजेण्डा ?

२ फाल्गुन २०८०, बुधबार ११:०७

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले ३०औं वार्षिक साधारण सभा फागुन ३० गतेका लागि बोलाएको छ । कम्पनीको माघ २९ गते बसेको संचालक समितिको बैठकले लिसारा रिसेप्सन भगवती बहाल काठमाडौँमा बिहान १० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने मुख्य एजेण्डा बनाएको छ ।

त्यसैगरी, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति र निज पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, संचालक समितिमा संस्थापक सेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गर्ने एजेण्डा रहेको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन ११ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार फागुन १० गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*