घोराही सिमेन्टको खुद नाफा ४१ करोड ऋणात्मक, कस्ता छन् अन्य सूचक ?

२ फाल्गुन २०८०, बुधबार १०:५२

काठमाडौँ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा कम्पनीको मुनाफा १ अर्ब ७१ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १.४० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको उक्त आम्दानी १ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो ।

कम्पनीको खुद नाफा भने ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १ करोड ५४ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४१ करोड ८४ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

यता, कम्पनीको कुल नाफा ४६.७७ प्रतिशत घटेर १९ करोढड ४७ लाख र अन्य आम्दानी ९८.८७ प्रतिशतले घटेर ११ लाख ७६ हजार रुपैयाँ रहेको छ । चुक्ता पूँजी ४ अर्ब ५६ करोड रुपैयाँ र जगेडा कोषमा ५ अर्ब ७३ करोड रुपैयाँ सञ्चित छ।

कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ३२ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ २२५ रुपैयाँ ४५ पैसा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*