संस्थागत मुद्दतिको ब्याजदर व्यक्तिगत मुद्दतिको भन्दा १ प्रतिशत बिन्दुसम्म मात्रै कम राखे हुने
२९ माघ २०८०, सोमबार २०:०२
काठमाडौँ । संस्थागत मुद्दतिको ब्याजदर व्यक्तिगत मुद्दतिको भन्दा १ प्रतिशत बिन्दुसम्म मात्रै कम राखे हुने भएको छ ।
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत राष्ट्र बैंकले सो ब्यवस्था गरेको हो । हाल व्यक्तिगत मुद्दतिमा दिएको अधिकतम ब्याजदरको २ प्रतिशत बिन्दुभन्दा कम मात्रै संस्थागत ब्याजदर दिन सक्ने व्यवस्था छ ।