मौद्रिक नीतिको अर्ध बार्षिक समीक्षा सार्वजनिक, कस कसले पाए राहत ?

२९ माघ २०८०, सोमबार १९:४१

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको अर्ध बार्षिक समीक्षा प्रतिवेदन आज सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले सरकारले बजेटको अर्ध बार्षिक समीक्षा गरेकै दिन मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको हो ।

आज बसेको सञ्चालक समितिले मौद्रिक नीतिको समीक्षा पारित गरेपछि सार्वजनिक गरिएको हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत ऋणी र बैंकहरु दुवैलाई राहत दिएको छ ।

केन्द्रीय बैंकको मौद्रिक नीति समीक्षाले संस्थागत निक्षेपकर्ता र किसानलाई राहत पुगेकाे छ । त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरुलाई समेत राहत मिलेको छ ।

केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत तथ्याङ्कमा देखिएको सुधार आम जनताको विश्वासमा रुपान्तरण गर्न भूमिका पुग्ने विश्वास गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*