नेपाल इन्स्योरेन्सको मुनाफामा उछाल, प्रतिशेयर आम्दानी ६०.५५ रुपैयाँ
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ४९ करोड ७७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा २४३.३४ प्रतिशतले बढि हो । गत वर्ष कम्पनीले यस्तो नाफा १४ करोड ९७ लाख रुपैयाँ कमाएको थियो ।
त्यसैगरी यस कम्पनीको चुक्ताँ पूँजी १ अर्ब ४९ करोड ४७ लाख रुपैयाँबाट १० प्रतिशतले बढेर १ अर्ब ६४ करोड ४२ लाख रुपैयाँ पुगेको छ । यता कम्पनीको जगेडा कोष १६ करोड रुपैयाँबाट ४५ प्रतिशतले बढेर २३ करोड २२ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै, कम्पनीको खुद बीमा शुल्क आर्जन २९ करोड ६७ लाख रुपैयाँ रहेको रहेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको यस्तो रकम २८ करोड रुपैयाँ रहेको थियो ।
त्यसैगरी, यस कम्पनीको प्रतिशेयर आम्दानी ६० रुपैयाँ ५५ पैसा रहेको छ भने नेटवर्थ पर शेयर २०६ रुपैयाँ १४ पैसा रहेको छ ।