एनएलजी इन्स्योरेन्सको मुनाफा ५३ प्रतिशतले बृद्धि, एक अर्बमाथिको व्यवसाय
२९ माघ २०८०, सोमबार ०७:१७
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको मुनाफा ५३ प्रतिशतले बृद्धि भएको छ । चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरणमा यस्तो प्रगति देखिएको हो । कम्पनीले लगानी तथा व्यवसायमा गरेको बृद्धिका कारण मुनाफा उच्च अंकले बृद्धि भएको देखिएको हो ।
गत आवमा पाँच करोड ६८ लाख रुपैयाँ मुनाफा कमाएको एनएलजी इन्स्योरेन्स कम्पनीले चालु आवको छ महिनामा आठ कराड ७५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । मुनाफा बृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानी ७.७९ बाट बढेर १२ रुपैयाँ पुगेको छ ।
यस अवधीमा एनएलजी इन्स्योरेन्स कम्पनीले एक अर्ब छ करोड ३८ लाख ७८ हजार ३६९ रुपैयाँको व्यवसाय गर्न सफल भएको छ । अघिल्लो आवको तुलनामा कम्पनीको व्यवसाय सामान्य अंकले बृद्धि भएको छ ।