सिटि होटल ११ लाख ७९ लाख रुपैयाँ नोक्सानमा

२८ माघ २०८०, आईतवार १२:४१

काठमाडौँ । सिटि होटल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिमा कम्पनी ११ करोड ७९ लाख रुपैयाँ ऋणात्मक रहेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनी १३ करोड २४ लाख रुपैयाँ नोक्सानीमा रहेको छ ।

चाल आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको सञ्चालन आम्दानी १४.६१ प्रतिशत बढेर २४ करोड ३० लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल आम्दानी २४.९८ प्रतिशत बढेको छ भने कुल खर्च १८.३२ प्रतिशत बढेको छ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ, प्रतिशेयर आम्दानी १४ रुपैयाँ १० पैसा ऋणात्मक र प्रतिसेयर नेटवर्थ ९६ रुपैयाँ ५० पैसा रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*