एनआइसी एसिया लघुवित्तको १४ करोड ८१ लाख मुनाफा गायब, खराब कर्जा दोहोरो अकंमा
काठमाडौँ । एनआइसी एसिया लघुवित्तको मुनाफामा पहिरो गएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वित्तीय विवरण अनुसार मुनाफा ९९.२६ प्रतिशतले घटेर ११ लाख ६ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा १४ करोड ९२ लाख ९६ हजार रुपैयाँमा सिमित भएको छ । मुनाफाबाट १४ करोड ८१ लाख रुपैयाँ गायब भएको हो ।
पुष समान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी २७.०८ प्रतिशतले घटेर ३९ करोड ९३ लाख २८ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ५४ करोड ७६ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको सञ्चालन नाफा ८९.६२ प्रतिशतले घटेर २ करोड २१ लाख १५ हजार रुपैयाँमा आएको छ । यता, खराब कर्जा १०.३८ प्रतिशतले बढेर १३.७६ प्रतिशत पुगेको छ ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ, जगेडा कोष ८६ प्रतिशतले घटेर ८० करोड ३ लाख रुपैयाँ, र वितरणयोग्य नाफा ६५ प्रतिशतले घटेर २६ करोड ३५ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ०८ पैसाले घटेर १३ पैसा र प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ १५ पैसा छ ।