महुली लघुवित्तले लाभांश नदिने
२८ माघ २०८०, आईतवार १०:४४
काठमाडौँ । महुली लघुवित्तले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीको सञ्चालक समितिको शनिबार बसेको बैठकले उक्त निर्णय गरेको हो । सो बैठकले वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पेश गर्ने जनाएको छ ।