छोरीको जन्मदिनमा बीमापोलिसी उपहार

२६ माघ २०८०, शुक्रबार १९:२७

काठमाडौं । जन्मदिन भन्ने बित्तिकै गिफ्टको रुपमा बिभिन्न महंगो र अनावश्यक उपहार दिन तम्सिने हाम्रो समाज आजभोलि केही सभ्य र भविष्यप्रति सचेत देखिन थालेको छ । विभिन्न चाडपर्व तथा उत्सव आदिमा अनावश्यक भोज भतेर र फजुल खर्च गर्न छाडेर भविष्यका लागि बीमा पोलिसी उपहार दिने अभ्यास बढ्दै गइरहेको छ ।

यसैका एक उदाहरण बनेका छन् स्याङ्जा पुतली बजार एक दम्पतीले छोरीको भविष्य सुरक्षणका लागी बालबीमा योजना दिए भविष्य सुरक्षित गरेको छ ।

पुतली वजार ०३ स्याङ्जा निवासी मिलन सुवेदी र सुष्मा सुवेदीले छोरी मिसिका सुवेदिको जन्मदिनको अवसर पारेर १०लाखको रिलायवल सुलव बाल जीवन प्लस बीमा पोलिसी उपहारस्वरुप दिएका छन् ।

सुवेदी दम्पतीले उक्त पोलिसी रिलायवल नेपाल लाइफका शाखा प्रमुख नारायण अधिकारी र एमडिआरटी भवानि संकर पोखरेल मार्फत बीमा पोलिसी हस्तान्तरण गरेका हुन् ।

छोरीको उज्ज्वल भविष्य तथा सम्पूर्ण परिवारको जोखिम बहनसहित बचत अनि सुरक्षाको निम्ति बीमा पोलिसी उपहार दिएको बताएका छन् ।

यस प्रकारको कार्यले समाजमा बीमाप्रति सकारात्मक सन्देश प्रवाह हुने विश्वास कम्पनीले लिएको छ । विभिन्न चाडपर्व तथा उत्सवआदिमा क्षणिक रमाइलो गर्न अनावश्यक खर्च गर्नुभन्दा बीमा पोलिसी उपहार दिनु उत्तम विकल्प भएको बीमा विज्ञहरु बताउछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*