शीर मेमोरियल अस्पताल र सिद्धार्थ प्रिमियरबीच नगदरहित सम्झौता

२६ माघ २०८०, शुक्रबार १६:२०

काठमाडौं । शीर मेमोरियल एड्भेन्टिस्ट अस्पताल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच नगदरहित स्वास्थ्य बीमा गर्ने सम्झौता भएको छ । कम्पनी आफूले प्रदान गर्दै आइरहेको नगद रहित स्वास्थ्य बीमा सुविधा थप प्रभावकारी बनाउन काभ्रेको बनेपास्थित शीर मेमोरियल एड्भेन्टिस्ट अस्पतालसँग सहकार्य गरेको हो ।

यस सम्झौतापत्रमा बीमा कम्पनीको तर्फबाट सहायक महाप्रबन्धक एवम् बजार विभाग प्रमुख रामजि ढकाल र अस्पतालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. हेक्टोर जी. गायेरसले हस्ताक्षरण गरेका हुन् ।

उक्त समारोहमा कम्पनीका मेडिहेल्थ बिभागका वरिष्ठ अधिकृत डा. दिवेश बास्तोला, बनेपा शाखा प्रमुख राधाकृष्ण श्रेष्ठ तथा कम्पनीका अन्य पदाधिकारीका साथै अस्पतालका उच्च व्यवस्थापन समितिको उपस्थिती रहेको थियो । सोही समारोहका बीच नगदरहित स्वास्थ्य उपचार सेवा उपलब्ध गर्ने गराउने अभिमुखिकरण डा. दिवेश बास्तोलाले प्रदान गरेका हुन् ।

अब कम्पनीका बीमितले अस्पताल भर्नामा नगदरहित स्वास्थ्य बीमाको लाभ लिन सक्नेछन भने बीमितहरुका लागि अस्पतालले आफ्नो सम्पूर्ण सेवामा ५ देखि १० प्रतिशतसम्म छुट दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*