कहिले सकिन्छ सिटिजन लाइफको ४.३४ लाख कित्ता शेयरको लक इन अवधि ?

२६ माघ २०८०, शुक्रबार १२:१०

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सामूहिक लगानी कोषलाई छुट्याएको ४ लाख ३४ हजार ९०६ कित्ता शेयरको लक इन अवधि फागुन २७ गतेपश्चात् सकिने भएको छ ।

कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । सोमध्येबाट ५ प्रतिशतले हुन आउने ५ लाख ६२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको थियो ।

नेपाल धितोपत्र बोर्डले निर्देशन दिएपछि कम्पनीले सामूहिक लगानी कोषलाई छुट्याएको मध्येबाट ४ लाख ३४ हजार ९०६ कित्ता शेयर लक इनमा राखेको थियो । सोही शेयरको लकइन अवधि अब सकिने भएको ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*