जीवन विकास लघुवित्तको मुनाफा १७ करोड ७७ लाख, कस्ता छन् अन्य सूचक ?
काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार आज कम्पनीको मुनाफा १७ करोड ७७ लाख ६० हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा ३२.८७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा २६ करोड ४७ लाख ८८ हजार रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६.८० प्रतिशतले घटेर ७४ करोड ४ लाख ७५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको उक्त आम्दानी ७९ करोड ४५ लाख १० हजार रुपैयाँ रहेको थियो ।
गत आर्थिक वर्षको पुषमसान्तसम्ममा ३७ करोड ८२ लाख ६९ हजार रुपैयाँ संचालन नाफा गरेको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा घटेर २५ करोड ३९ लाख ४२ हजार रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १ अर्ब ३४ करोड ७५ लाख १८ हजार रुपैयाँ, जगेडा कोष १ अर्ब २३ करोड ६१ लाख ५१ हजार रुपैयाँ, खराब कर्जा २.९५ प्रतिशत रहेको छ ।
यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ३८ पैसा र प्रतिसेयर नेटवर्थ २३९ रुर्पैयाँ २२ पैसा रहेको छ ।