हिमालयन एभरेष्ट इन्स्योरेन्सको खुद मुनाफा ६३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी वृद्धि
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ ।
खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यसअवधिमा खुद नाफा ६३।७३ प्रतिशतले बढेर १८ करोड ४३ लाख ४९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ११ करोड २५ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद बीमा शुल्क आर्जन २७।५२ प्रतिशतले बढेर ४६ करोड ९९ लाख १८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ३६ करोड ६४ लाख ९९ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । कर्जा लगानीबाट हुने आम्दानी २।९१ प्रतिशतले बढेर १८ करोड १३ लाख ६६ हजार रुपैयाँ पुगेको छ भने कमिसन आम्दानी १३।१३ प्रतिशतले घटेर १५ करोड १६ लाख १५ हजार रुपैयाँमा सीमित भएको छ ।पुस मसान्तसम्म आइपुग्दा हिमालयन एभरेष्टको
चुक्ता पुँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ६ रुपैयाँ २४ पैसाले बढेर १६ रुपैयाँ ०२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १९४ रुपैयाँ ८५ पैसा छ ।