खराब कर्जाको बढ्दै गएको एनआईसी एसिया बैंकको ऋण असुली न्यायाधिकरणमा ८३ वटा मुद्दा

२४ माघ २०८०, बुधबार १८:३३

काठमाडों । एनआईसी एसिया बैंक पछिल्लो समय खराब कर्जा बढ्दै गएको छ। चालु आर्थिक वर्षको ६ महिनामा बैंकको खराब कर्जाको ९५।०८प्रतिशतमाथि रहेको छ।

वित्तीय रिपोर्ट अनुसार पुस मसान्तसम्म बैंकले ३ खर्ब ८१ अर्ब निक्षेप संकलन गर्दै २ खर्ब ९३ अर्ब कर्जा प्रवाह गरेको देखिन्छ । तर सोमध्ये ३ अर्ब ४८ करोड रुपैयाँमाथिको लगानी खराब कर्जामा रूपान्तरण भएको छ । जसको कारण बैंकको खुद नाफासँगै यता वितरणयोग्य नाफा समेत प्रभावित बन्न पुगेको छ ।

बैंक खराब कर्जामा बढ्दै गर्दा एऋण असुली न्यायाधिकरणमा ऋणीविरुद्ध ८३ वटा मुद्दा परेको छ । चालु आर्थिक वर्षको साउनयता ८३ ऋणीबाट कूल ९९ करोड ८४ लाख ८१ हजार रुपैयाँ बराबरको बिगो दाबीसहित बैंकले ऋण असुली न्यायाधिकरणमा मुद्दा हालेको हो । यो अन्य वाणिज्य बैंकहरुको तुलनामा उच्च हो ।
आर्थिक वर्षको पुस मसान्तसम्ममा २ अर्ब ९३ अर्ब बढी ऋण लगानी गरेको बैंकले ऋण उठाउन नसकेर ऋण असुली न्यायाधिकरणको सरणमा जानु आफैमा जोखिमपूर्ण अवस्था हो ।

त्यसो त हाल बैंकसँग ३ अर्ब ४७ करोड ५० लाख रुपैयाँ माथिको  बैंकिङ्ग एसेटस् धितो रहेको छ । पटकपटक लिलामीमा जाँदा समेत जिन्सी धितो लिलामी गर्न नसकेको बैंकले खराब कर्जाको व्यवस्थापनकै लागि चालु आर्थिक वर्षमा ५ अर्ब ६२ करोड ९० लाख रुपैयाँमाथि लोन लस्ट प्रोभिजन गर्न बाध्य भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*