नेपाल लाइफ र नेशनल लाइफलाई दाँजेर हेर्दा, कसको अवस्था कस्तो ? (तथ्यांक सहित)
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नेपालका दुई ठूला स्थापित जीवन बीमा कम्पनी हुन् ।
नेपाल लाइफ लाइफ जीवन बीमा कम्पनीहरुले गरेको व्यापारको हिसाबले नेपाल लाइफ एक नम्बरमा पर्छ । नेशनल लाइफ दोस्रो स्थानमा सर्वाधिक कारोबार गर्ने कम्पनीको रुपमा परिचित छ । जीवन बीमा कम्पनीमा पहिलो स्थान नेपाल लाइफको छ ।
नेपाल लाइफपछि प्रतिस्पधार्मा नेशनल लाइफ हुने गर्छ ।यी दुबै कम्पनीले चालु आर्थिक दोस्रोे त्रैमासकोे वित्तीय विवरण प्रकाशित गरेका छन् । नेपाल बीमा प्राधिकरणले तोके अनुसार नेपाल लाइफ र नेशनल लाइफको चुक्ता पुँजि पुगिसकेको छ ।यी दुबै कम्पनीको प्रकाशन वित्तिय विवरण हेर्दा चुक्ता पुँजि पुराउन कसरत नगनुपर्ने देखिन्छ ।
चुक्ता पुँजीको आधारमा
चुक्ता पुँजीको आधारमा नेपाल लाइफ अग्रस्थानमा रहेको छ। बीमा क्षेत्रमै पहिलोपटक पुँजी पुराउने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको पुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ ।
दोस्रोमा नेशनल लाइफ रहेको छ ।कम्पनीको पुँजी पाँच अर्बमाथि रहेको छ ।
जीवन बीमा कोषको आधारमा
दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीले प्रकाशन गरेको वित्तिय विवरण हेर्ने हो भने नेपाल लाइफको जीवन बीमा कोषमा संञिति रकम सबैभन्दा धेरै रहेको छ।
नेपाल लाइफको बीमा कोष नेशनको तुलनामा दोब्बर रहेको छ ।
नेपाल लाइफको जीवन बीमा कोषमा १ खर्ब ८३ करोड रुपैयाँ रकम संञिति रहेको छ।
नेशनल लाइफको बीमा कोषमा ७१ अर्ब रुपैयाँ रकम सञ्तिी रहेको छ।
लगानीको क्षेत्र विस्तारको आधारमा
लगानीको आधारमा हेर्ने हो भने पनि नेपाल लाइफ नै अग्रस्थानमा रहेको छ। कम्पनीेले १ खर्ब ५२ करोड रुपैयाँ बराबरको लगानी गरेको छ ।
नेशनल लाइफले ६३ अर्ब रुपैयाँ बराबरको लगानी गरेको छ।
जगेडा कोषको आधारमा
दोस्रो त्रैमासमा दुई कम्पनीबीच तुलनात्मक अध्ययन गर्दा नेपाल लाइफ नै जगेडा कोषमा अग्रस्थानमा रहेको छ ।
नेपाल लाइफको जगेडा कोषमा ६२ करोड ४१ लाख रुपैयाँ रकम संञिती रहेको छ ।
नेशनल लाइफको जगेडा कोषमा ६० करोड १८ लाख रुपैयाँ रहेको छ।
कुल बीमाशुल्कको आधारमा
कुल बीमाशुल्कको आधारमा हेर्ने हो भने नेपाल लाइफ नै अग्रस्थानमा रहेको छ । कम्पनी यस बर्ष मात्रै हैन । प्रत्येक बर्ष कम्पनी व्यवसायमा होस् वा वृद्धिदरमा अग्रस्थानमा नै रहेको हुन्छ ।
कमपनीले यस अवधिसम्ममा २० अर्ब माथि बीमा व्यवसाय गर्न सफल भएको छ।
नेशनल लाइफले दोस्रो त्रैमासको अवधिसम्ममा ८ अर्ब ५६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
कुल दाबी भुक्तानीको आधारमा
कुल दाबी भुक्तानीको आधारमा सबैभन्दा बढी व्यवसाय गर्ने कम्पनी नेपाल लाइफ नै रहेको छ। कम्पनीले दोस्रो त्रैमासको अवधिसम्मा २६ अर्ब ९५ करोड रुपैयाँ भुक्तानी गरेको छ।
नेशनल लाइफले ८ अर्ब ५६ करोड रुपैयाँ कुल दाबी भुक्तानी हस्तान्तरण गरेको छ ।
खुद मुनाफाको आधारमा
खुद मुनाफाको आधारमा हेर्ने हो भने नेपाल लाइफ नै अग्रस्थानमा रहेको छ। कम्पनीले दोस्रो त्रैमासको अवधिसम्ममा ४२ करोड ७७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।
नेशनल लाइफले २५ करोड रुपैयाँ मुनाफा रहेको छ।
बीचमै कतिले त्यागे बीमा पोलिसी ?
बीमा पोलिसी सरेण्डरको आधारमा हेर्ने हो भने नेपाल लाइफमा यसको दर धेरै छ । कम्पनीमा २८ करोड ८२ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएका छन् ।
नेशनल लाइफको १८ करोड माथि बीमा पोलिसी सरेण्डर भएको छ ।
बीमालेख सङख्याको आधारमा
बीमालेख सङख्याको आधारमा हेर्ने हो भने नेपाल लाइफ अगाडि रहेको छ। १३ लाख बीमा पोलिसी कम्पनीबाट बिक्रि भएका छन् ।
नेशनल लाइफबाट १५ लाख ९२ हजार बीमा पोलिसी बिक्रि भएका छन् ।
प्रतिशेयर आम्दानीको आधारमा
दुई कम्पनीबीच तुलनात्मक अध्ययन गर्दा नेपाल लाइफको प्रतिशेयर आम्दानी १० रुपैयाँ ४२ पैसा रहेको छ ।
नेशनल लाइफको प्रतिशेयर आम्दानी १० रुपैयाँ १८ पैसा रहेको छ।