१३ वाणिज्य बैंकको सेयर मूल्य बढ्यो, कुनको कति ?
२४ माघ २०८०, बुधबार १६:०५
काठमाडौँ । बुधबार सेयर बजार अंकल एकले बढेको छ । बजारमा लगातार तेस्रो दिन सुधार आएको हो । बजारमा सुधार आएसँगै लगानीकर्ताका उत्साह छाएको छ ।
आज वाणिज्य बैंक समूहको सेयर २.९९ अकंले बढेर ११४३.६९ बिन्दुमा बन्द भएको हो । आज कारोबारका आएका १९ बैंकहरु मध्य १३ कम्पनीको मूल्य बढेको छ भने २ कम्पनीको स्थिर रहेको छ । बाँकी ४ कम्पनीको मूल्य घटेको हो ।
आज सर्वाधिक सेयर मूल्य बढाउने कम्पनीमा नेपाल बैंक रहेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १.०५ प्रतिशत अर्थात २ रुपैयाँ ४ पैसाले बढेर २३१ रुपैयाँ ५ रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज सर्वाधिक घट्ने कम्पनीका प्राइम कमर्सियल बैंक रहेको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता ०.९९ प्रतिशत अर्थात् १ रुपैयाँले घटेर २०३ रुपैयाँमा सिमित भएको हो ।