प्रक्रिया पूरा भएका कम्पनीका आईपीओलाई निष्काशन अनुमति दिनुपर्छः अध्यक्ष ढकाल

२४ माघ २०८०, बुधबार १२:२७

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएको कम्पनीका आईपीओलाई निष्काशनको अनुमति दिन आग्रह गरेका छन् । बुधबार इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

साथै, अध्यक्ष ढकालले करिव २५ देखि ३० वटासम्म कम्पनीहरु नियमित आइपीओमा लैजानका लागि लाइनमा रहेतापनि केही महिना यता रोकिएको बताउदै प्रिमियममा दिनुपर्ने र गम्भीर प्रकृतिका बाहेक प्रक्रिया पूरा गरिसकेका कम्पनीका आईपीओ निष्काशन गर्न दिनुपर्ने बताए ।

आईपीओ निष्काशन प्रक्रिया नियमित हुनुपर्ने माग राख्दै ढकालले आईपीओ निष्काशनलाई अनुमति दिने काम ठप्प हुनु राम्रो पक्ष नभएको बताए । उनले आईपीओ निष्काशनका लागि बाटो खुलाउनुपर्ने धारणा व्यक्त गर्दै प्रिमियम बाहेकका आईपीओलाई नियमित रुपमा अनुमति दिइनुपर्ने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*